८ मंसिर, २०८१ शनिबार

09:52:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले बढ्यो, सीडी रेसियो कति ?

२७ भदौ, २०७९

एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले बढ्यो, सीडी रेसियो कति ?

काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेको पछिल्लो एक साता (भदौ १८ गतेदेखि भदौ २४ गतेसम्म) को तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप  ८ अर्बले बढेको छ ।

तथ्यांकअनुसार भदौको १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३७ अर्ब रहेको थियो ।  भदौ २४ गतेसम्म बैंकहरुको निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४५ अर्ब कायम रहेको एनबीएले जनाएको छ ।

 यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने ७  अर्बले बढेको छ । संघका अनुसार भदौ १७ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रहेकोमा भदौ २४ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह ७ अर्बले बढेर ४१ खर्ब ८८ अर्ब पुगेको छ । यो अवधिमा बैंकहरुको सिडी रेसियो ८८.३६ प्रतिशत रहेको संघले जनाएको छ ।  गत भदौ १७ गतेसम्म बैंकहरुको सीडी रेसियो ८८.२५ प्रतिशत थियो।