८ मंसिर, २०८१ शनिबार

10:08:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

२७ भदौ, २०७९

१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रूपैयाँको ट्रेजरी बिल असोज २५ मा परिपक्व हुनेछ । यस्तै, ५ अर्ब रूपैयाँकै ९१ दिन अवधिको बिल मंसिर २७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।