२३ बैशाख, २०८१ आइतबार

01:03:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा तीन सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

२७ भदौ, २०७९

सुनको मूल्य तोलामा तीन सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार नौ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार चार सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलाको ११ सय ५० रुपैयाँ तोकिएको छ ।