८ मंसिर, २०८१ शनिबार
09:53:22 PM
२६ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ।
यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २७ गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको भोलि (भदौ २७ गते सोमबार) दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।