८ मंसिर, २०८१ शनिबार

09:48:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकको १८ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा

२६ भदौ, २०७९

कुमारी बैंकको १८ हजार ९ सय कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका २ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल १८ हजार ९ सय ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त सेयरहरू बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन दिन आग्रह गरेको हो ।

उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।