८ मंसिर, २०८१ शनिबार

10:01:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिन बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो, घट्दै सिडी रेसियो

२६ भदौ, २०७९

एकै दिन बैंकहरूको निक्षेप ७ अर्बले बढ्यो, घट्दै सिडी रेसियो

काठमाडौं । एकै दिनमा बैंकहरूको निक्षेप संकलन ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ २१ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ४० अर्ब रूपैयाँ रहेको थियो । एकै दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले बढेर भदौ २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह पनि २ अर्बले बढेर ४७ खर्ब १६ अर्ब रूपैयाँ पुगेको छ । भदौ २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ४७ खर्ब १४ अर्ब रहेको थियो ।

भदौ २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा लगानी १ अर्बले बढेर ४१ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ । भदौ २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४१ खर्ब ८० अर्ब रहेको थियो ।

यो अवधिमा बैंकहरुको सीडी रेसियो ८८.२१ प्रतिशतबाट घटेर ८८.१३ प्रतिशतमा पुगेको छ ।