१२ बैशाख, २०८१ बुधबार

04:26:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँमा युवा उद्यमशिलता शिखर सम्मेलन सुरु, अबको आन्दोलन शान्ति, विकास, स्थायित्व र आर्थिक विकास : गैरे

Nepal Business

२६ भदौ, २०७९

उक्त सम्मेलन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यतामा शुरु भएको हो । संयोजक गैरेले कोभिडका कारण केही वर्ष सम्मेलन आयोजन गर्न नसकिएको जानकारी दिंदै नेपालको वर्तमान अबस्था, आर्थिक अवस्था अपेक्षाकृत नभएको तथा लोन प्रवाह सहज नभएको बताउनुभयो ।

काठमाडौँमा युवा उद्यमशिलता शिखर सम्मेलन सुरु, अबको आन्दोलन शान्ति, विकास, स्थायित्व र आर्थिक विकास  : गैरे

काठमाडौँ । काठमाडौँमा दोस्रो युवा उद्यमशिलता शिखर सम्मेलनका शुरु भएको छ । सम्मेलनको उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्नुहुँदै सम्मेलनका संयोजक तथा विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले अबको आन्दोलन शान्ति, विकास, स्थायित्व र आर्थिक विकास भएको बताउनुभएको छ । 

संयोजक गैरेले अबको निर्वाचनमा जुन दल उक्त मुद्दालाई लिएर अघि बढ्छ त्यही दलले युवाको मत पाउने बताउनुभयो । सम्मेलन ‘आर्थिक समृद्धिका लागि नवप्रवद्र्धन र उद्यमशिलता’ भन्ने नाराका साथ शुरु भएको हो ।

संयोजक गैरेले अबको निर्वाचनमा जुन दल उक्त मुद्दालाई लिएर अघि बढ्छ त्यही दलले युवाको मत पाउने बताउनुभयो । सम्मेलन ‘आर्थिक समृद्धिका लागि नवप्रवद्र्धन र उद्यमशिलता’ भन्ने नाराका साथ शुरु भएको हो ।

“हामी युवा उद्यमी बनेर देशको अर्थतन्त्रमा बदलाब दिन चाहन्छौँ, त्यसका लागि राजनीतिक नेतृत्वको सहयोग आवश्यक हुन्छ, अहिले मुलुकमा युवामैत्री र उद्योगमैत्री नीति नियमको खाँचो छ, यो अवसर पूर्वप्रधानमन्त्री (पुष्पकमल दाहाल) ले दिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, गैरेले भन्नुभयो । 

उक्त सम्मेलन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यतामा शुरु भएको हो । संयोजक गैरेले कोभिडका कारण केही वर्ष सम्मेलन आयोजन गर्न नसकिएको जानकारी दिंदै नेपालको वर्तमान अबस्था, आर्थिक अवस्था अपेक्षाकृत नभएको तथा लोन प्रवाह सहज नभएको बताउनुभयो । 

उहाँले युवाहरु हतोत्साही नहोउन्, उनीहरुका लागि उद्यमशिलता विकास होस् भन्ने चाहनाका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।  सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र उद्यमी बन्न चाहने युवाहरुको सहभागिता रहेको छ । संयोजक गैरेले बीउ पुँजिको व्यवस्था , सर्वसुलव बैंकिंङ प्रणाली र उद्योगमैत्री नीति आवश्यक भएको पनि बताउनुभयो । 

उक्त सम्मेलन बागमती प्रदेशको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद र विशाल मिडिया ग्रुपको आयोजनामा भएको हो । सम्मेलनको  एसोसिएट पाटनरमा  नेपाल दुरसञ्चार प्राधिकरण र वल्र्ड लिंक रहेको छ ।  सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । डेभलभमेन्ट पाटनर्समा गुड नेइबर्स इन्टरनेशनल, प्लान इन्टरनेशनल, र विश्व बन्यजन्तु कोष रहेको छ । 

एकेडेमिक पाटनरमा युनिग्लोब  कलेज, आइटी पाटनरमा इन्फो डेभ्लपर्स, बैंकिंग पाटनरमा कामना सेवा विकास बैंक, कार्ड पेमेन्ट गेट-वे पाटनरमा  हिमालयन बैंक, टेलिकम्युनिकेशन पाटनरमा नेपाल टेलिकम, स्टाटेजिक पाटनरमा  विशाल फाउन्डेसन, इन्सुरेन्स पाटनरमा नेपाल लाइफ इन्सुरेन्स तथा सहयोगी पाटनरमा कृषि विकास बैंक र नागरिक लगानी कोष रहेको छ ।