९ मंसिर, २०८१ आइतबार
12:22:26 AM
२४ भदौ, २०७९
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पूर्ति गर्न नेपाल राष्ट्र बैंकले बिहीबार रिपो जारी गरेको थियो । उक्त रिपोमा राष्ट्र बैंकले जारी गरेको भन्दा बढी आवेदन परेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम सहज बनाउन राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाले भने ३० अर्ब रुपैयाँ माग गरेका छन् ।
अघिल्लो पटकको रिपोभन्दा यसपटकको रिपोमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर आवेदन दिएको केन्द्रीय बैंकले जनाएको छ। १४ दिने रिपोका लागि १२ बैंक तथा वित्तीय संस्थाले ४१ वटा आवेदनमार्फत ३० अर्ब रुपैयाँ बराबरको बोलकबोल पेस गरेका छन्।
बैंकहरुले न्यूनतम ८.२४४४ प्रतिशत र अधिकतम ८.५५०० प्रतिशत ब्याजदरमा आवेदन दिएका केन्द्रीय बैंकले जनाएको छ । तर, उक्त रिपोको औसत ब्याजदर ८.४५० प्रतिशत कायम भएको छ । असोज ६ गते यो रिपो परिपक्व हुनेछ।
यसअघि पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । उक्त रिपोमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँको माग गरेका थिए। त्यसका लागि २१ बैंक तथा वित्तीय संस्थाले ७ वटा आवेदनमार्फत ६० अर्ब रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए।
बैंकहरुले न्यूनतम ८.२००० प्रतिशत र अधिकतम ८.५५०० प्रतिशत ब्याजदरमा बैंकहरुले आवेदन दिएका थिए। तर, उक्त रिपोको औसत ब्याजदर ८.३१६ प्रतिशत कायम भएको थियो।
तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले निरन्तर दोस्रोपटक पनि जारी गरिएको रिपो भन्दा बढीको रकम माग गर्दै आवेदन दिएका छन्। यसले अझै पनि बैंकिङ प्रणालीमा तरलता संकट कायमै रहेको बुझिने छ ।