९ मंसिर, २०८१ आइतबार
12:49:04 AM
२४ भदौ, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताउनुभएको हो ।
‘हामी लगानीयोग्य पूँजीको अभावलाई तरलता अभाव भन्छौं,’ उहाँले भन्नुभयो, हाम्रो समस्या तरलता अभाव नभएर लगानीयोग्य पूँजीको अभाव हो ।’
डेपुटी गभर्नर मिश्रले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने बताउनुभएको छ । साथै उहाँले बैंकहरुबाट ऋणपत्र (बण्ड) जारी गरेर पूर्वाधार विकासको लागि वृहत लगानी जुटाउन सकिने पनि जनाउनुभएको छ ।
राष्ट्र बैंकले बैंकहरूलाई ५ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको बण्ड निष्कासन गर्न सक्ने व्यवस्था गरेको जनाउँदै उहाँले राष्ट्र बैंकको नीति अनुसार ५ खर्ब ८ अर्बको पूर्वाधार निर्माणमा लगानी जुटाउन सकिने बताउनुभएको छ ।