९ मंसिर, २०८१ आइतबार

12:21:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन ठूला सहकारीबीच मर्जरका लागि सम्झौता

Nepal Business

२४ भदौ, २०७९

तीन ठूला सहकारीबीच मर्जरका लागि सम्झौता

काठमाण्डौं । लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर सम्बन्धी सम्झौता भएको छ ।

काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित यो एकीकरण पुँजीको हिसाबले काठमाण्डौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो ।

एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने पनि सहमति भएको छ ।

एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरिवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीन वटै सहकारीले साधारण सभा छिट्टै सक्ने र त्यसपछि एकीकृत सभा गरी एकीकरणलाई अन्तिम रुप दिने सहमति भएको छ । 

एकीकरणपछि संस्थाको सेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने सेयर पूँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ ।

यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुनेछ । 

यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने जनाइएको छ ।