९ मंसिर, २०८१ आइतबार
12:25:20 AM
२४ भदौ, २०७९
काठमाण्डौं । देशैभरका विभिन्न जिल्लाका १९ हजार १४ वटा फर्म तथा कम्पनीहरु कारबाहीमा परेका छन् । उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयका अनुसार सो कम्पनीहरु नविकरण नगरिएकाले कारबाही गरिएको हो ।
यस्तै जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयहरूबाट एकल अनुगमन ५७२ र संयुक्त ४९५ वटा फर्महरूको अनुगमन गरेको जनाएको छ । जिल्ला कार्यालयहरूबाट समयमै नवीकरण नगरेका ३३ वटा फर्मलाई मुद्दा दायर गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हितसंरक्षण विभागको अग्रसरतामा १३८७ फर्मको अनुगमन हुँदा कानुन विपरित काम गर्ने ४०४ फर्मबाट जरिवाना वापत ८३ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
विभागले २०७८ मंसिरदेखि २०७८ चैत्र मसान्तसम्म ७७५ व्यापारिक फर्मको अनुगमन गरी कानुन विपरित कार्य गर्ने ३५२ फर्मलाई कारवाही गरेको जनाइएको छ । उक्त कारबाहीबाट ५३ लाख रुपैयाँ जरिवाना वापत राजश्व संकलन गरेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका २१३ वटा उद्योगको अनुगमन तथा निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ । उद्योग तथा बजारबाट नेपाल गुणस्तर चिन्ह प्राप्त ७५६ वटा वस्तुहरूको लागि नमूना संकलन समेत गरेको छ ।