९ मंसिर, २०८१ आइतबार

12:39:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निःशुल्क सीआस्बा सेवा दिने बैंकको संख्या बढ्दै, कुन -कुनबाट आईपीओ भर्दा लाग्दैन पैसा ?

२४ भदौ, २०७९

निःशुल्क सीआस्बा सेवा दिने बैंकको संख्या बढ्दै, कुन -कुनबाट आईपीओ भर्दा लाग्दैन पैसा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सीआस्बा शुल्क घटाएपछि निशुल्क सेवा दिने बैंकहरुको संख्या बढ्दै गहिरहेको छ। धितोपत्र बोर्डले सीआस्बा शुल्क घटाएसंगै एकपछि अर्को गर्दै बैंकहरुले पनि निःशुल्क सीआश्वा सेवा दिन थालेका छन् ।

अहिले सीआस्वा शुल्क नलिने बैंकको संख्या ७ पुगेको हो ।  हाल राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले सीआस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन्।

१ सय रुपैयाँसम्म सीआस्बा शुल्क लिएको गुनासो बढ्दै गएपछि धितोपत्र बोर्डले शुल्क घटाउँदै अधिकतम ५ रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको थियो । केही बैंकहरुले पहिलादेखि नै निशुल्क सेवा दिने गरेका थिए । अहिले सीआश्वा शुल्कलाई निशुल्क गर्ने बैंकको संख्या बढेको हो ।

अब लगानीकर्ताले यी बैंकहरुबाट प्राथमिक सेयर, हकप्रद सेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।