९ मंसिर, २०८१ आइतबार

12:16:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तरलता अभाव बढ्दैः भदौ २३ सम्म बैंकहरुले लिए १५ खर्ब ४ अर्ब एसएलएफ सुविधा

२४ भदौ, २०७९

तरलता अभाव बढ्दैः भदौ २३ सम्म बैंकहरुले लिए १५ खर्ब ४ अर्ब एसएलएफ सुविधा

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गहिरहेको छ ।  बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा वाणिज्य बैंकहरुले भदौ २३ गतेसम्म १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले साउन १ देखि भदौ २३ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका राष्ट्र बैंकले जनाएको छ । भदौं २३ गते बिहीबार मात्रै बैंकहरुले ५२ अर्ब ७६ करोड १५ लाख एसएलएफ सुविधा लिएका छन् ।

साउन १ देखि भदौ २३ गतेसम्मको अवधिमा बैंकहरुले सबैभन्दा बढी भदौ १२ गते एसएलएफ सुविधा लिएका छन् । सो दिन बैंकहरुले ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ उक्त सुविधा लिएका हुन् । यस्तै बैंकहरुले साउन २ गते ६१ अर्ब ७४ करोड र भदौ १८ गते ५० अर्ब ४० करोड रुपैयाँ यस्तो सुविधा लिएका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई अहिले ५ दिने अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।