९ मंसिर, २०८१ आइतबार
12:38:28 AM
२४ भदौ, २०७९
काठमाडौं । मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ । दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । यी दुई बैंकले गत जेठ २७ गते एक आपसममा मर्जरमा जाने सहमति गरेका थिए ।
डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भएको जनाइएको छ । डीडीए रिपोट तयार भएकोले अन्य आन्तरिक प्रक्रिया मिलाएर दुबै बैंकले पुससम्म एकीकृत कारोबार गरिसक्ने गरी प्रक्रिया अघि बढाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले असार २२ गते सैद्दान्तिक सहमति प्रदान गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले हिमालयन बैंंकसँग मर्जर प्रक्रिया टुटेको थियो । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको थियो ।
हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो । हिमालयनसँग मर्जर टुटेपछि इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता भएको हो ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंकको स्वाप रेसिया १००ः ९० गर्दा मेगा बैंकको चुक्ता पुँजी १४ अर्ब ५० करोड ८४ लाख पुग्ने छ ।