९ मंसिर, २०८१ आइतबार
01:01:53 AM
२४ भदौ, २०७९
काठमाडौं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२ र श्रवण कुमार अग्रवाको नाममा रहको ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ ।
उक्त सेयर खरिदका लागि बैंकका इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीहरुलाई आजकै मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।