२३ बैशाख, २०८१ आइतबार

02:09:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइएमईले ल्याएको मोबाइल हातैमा, १० लाख खातैमा योजनाको विजेता घोषणा, दुई जनाले पाए २५ हजार रुपैयाँ

Nepal Business

२४ भदौ, २०७९

आइएमईले ल्याएको मोबाइल हातैमा, १० लाख खातैमा योजनाको विजेता घोषणा, दुई जनाले पाए २५ हजार रुपैयाँ

काठमाण्डौं। आइएमईले दसैंतिहार र छठलाई लक्षित गर्दै ल्याएको उपहार योजनाको पहिलो साताको विजेता छनोट गरिएको छ । बिहीबार काठमाण्डौं पानीपोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत विजेता छनोट गरिएको हो।

कम्पनीका अनुसार उक्त योजनाका विजेता रोशन शर्मा र अलिसा बराल हुनुभएको छ । उहाँहरुले जनही २५ हजार रुपैयाँ पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार शर्माले रिया फाइनान्सियल सर्भिस बेल्जियम र बरालले अष्ट्रेलियबाट पैसा पठाउनुभएको थियो । 

कम्पनीका अनुसार कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, शितलकुमार महत्तो, कृष्णकुमार कटुवाल र मनोज मेयाङबोले सामसङ मोबाइल पाएका छन् ।

कम्पनीले चाडपर्वलाई लक्षित गर्दै मोबाइल हातैमा, १० लाख खातैमा नामक योजना ल्याएको थियो।