२१ चैत, २०८१ बिहिबार
04:27:37 AM
२४ भदौ, २०७९
एजेन्सी । भारत सरकारले खाद्यन्नमा कडाई गर्न थालेको छ । खाद्यन्नमा कडाई गर्ने क्रममा भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ ।
भारत सरकारले बासमतीबाहेकको अन्य चामल निर्यातमा २० प्रतिशत निर्यात भन्सार महसुल लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतले विश्वका १५० भन्दा बढी देशमा चामल निर्यात गर्दै आएको छ । भारतीय सञ्चारमाध्यमअनुसार भारत सरकारले यो वर्ष धानको उत्पादन घटेको कारणले पनि निर्यातमा कडाइ गरेको जनाएको छ । यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ।
यस अघि भारत सरकारले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । चीनपछि भारत विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देश हो । विश्भर उत्पादन हुने धानमा भारतको ४० प्रतिशत हिस्सा रहेको सञ्चारमाध्यममा उल्लेख छ ।
रुस र युक्रेनबीचको द्वन्द्वले खाद्यान्न आपूर्ति गर्न समस्या भएको र आन्तरिक बजारमा मूल्य बढेकाले बजारमा व्यवस्थित गर्त भारत सरकारले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
भारतले निर्यातमा लगाइएको करसँगै नेपालमा पनि यसको असर देखिने भएको छ । नेपालले भारतबाट पनि खाद्यन्न आयात गर्दै आएको छ ।