२३ बैशाख, २०८१ आइतबार

09:29:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

Nepal Business

२४ भदौ, २०७९

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

काठमाण्डौं । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ । 

शुक्रबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार आठ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार तीन सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।