२३ बैशाख, २०८१ आइतबार

02:58:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिशहोमका ग्राहक रोमलाल अधिकारीले जिते एक लाख रुपैयाँ

Nepal Business

२४ भदौ, २०७९

डिशहोमका ग्राहक रोमलाल अधिकारीले जिते एक लाख रुपैयाँ

काठमाण्डौं । डिशहोमका ग्राहक स्याङ्जा जिल्लाका रोमलाल अधिकारीले एक लाख रुपैयाँ जित्नु भएको छ । 

डिशहोमको १ वर्षको रिचार्ज गर्दा अधिकारीले एक लाख रुपैयाँ जितेका हुन् । कम्पनीका क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । 

कम्पनीले ल्याएको योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक लाख जित्ने अवसर प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।