९ मंसिर, २०८१ आइतबार

12:51:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निजी क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन अर्थमन्त्रीद्वारा एशियाली विकास बैंकसँग छलफल

Nepal Business

२४ भदौ, २०७९

निजी क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन अर्थमन्त्रीद्वारा एशियाली विकास बैंकसँग छलफल

काठमाण्डौं । अर्थमन्त्रि जनार्दन शर्माले एशियाली विकास बैंकलाई  नेपालको निजी क्षेत्रलाइ प्रोत्सायित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गर्नु भएको छ।   

एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताउनु भयो। उहाँले  भन्नुभयो, ‘निजि क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको  विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।’

उहाँले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि बताउनुभयो।  उहाँले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गर्नुभयो।  

उहाँले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उहाँले अनुरोध गर्नुभयो।  कोभिडको महामारीको बेला एसियाली  विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उहाँले धन्यबाद दिनुभयो।  

एसियाली विकास बैंकका उपध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले  नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सँधै हातेमालो गर्ने बताउनुभयो । 

अर्थ मन्त्रि शर्माले दिनु भएको मार्ग दर्शन अनुशार आफू नेपाल सरकार र निजि क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताउनुभयो ।