९ मंसिर, २०८१ आइतबार

12:13:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकका ग्राहकहरुले मनकामना अस्पतालमा १५ प्रतिशत छुट पाउने

Nepal Business

२४ भदौ, २०७९

एनसीसी बैंकका ग्राहकहरुले मनकामना अस्पतालमा १५ प्रतिशत छुट पाउने

काठमाण्डौं । एनसीसी बैंक र मनकामना अस्पताल प्रालीबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । 

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रालीमा ओपीडि चेकअप एण्ड इन्भेष्टिगेशन, इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोज टेस्ट,जेनेरल वार्ड एण्ड क्याविन बेड चार्जमा १५ प्रतिशत छुट हुने भएको छ ।

त्यस्तै, ओटी चार्ड, सिटी स्यान, आइसीयु, एनआइसीयु, एचडीयु÷नर्सरीमा १० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।