२३ बैशाख, २०८१ आइतबार

05:31:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दसैँ–तिहारमा स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

Nepal Business

२३ भदौ, २०७९

दसैँ–तिहारमा स्काईवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’ अफर

काठमाण्डौं । के.एल.दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दसैँं–तिहारको अवसरमा स्काईवर्थ होम अप्लायन्समा ‘स्काईवर्थ क्यासब्याक दनादन, उपहार टनाटन’ अफर सार्वजनिक गरेको छ । 

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

विगत ५ वर्षदेखि स्काईवर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शिर्ष रोजाई बन्दै आइरहेको छ । स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताहरुको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको छ ।

कम्पनीले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुले यो ब्राण्ड मार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्ने कम्पनीको विश्वास छ ।