६ जेठ, २०८१ आइतबार

08:16:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दराज महोत्सव हुने

Nepal Business

२३ भदौ, २०७९

दराज महोत्सव हुने

काठमाण्डौं ।  दराजले आफ्नो पहिलो ठूलो स्तरको दराज महोत्सव घोषणा गरेको छ। सो महोत्सव भदौ २५ देखि काठमाण्डौंको भृकुटीमण्डपमा हुने कम्पनीले जानकारी दिएको हो । 

दराज महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसँग प्रगाड सम्बन्ध कायम गर्नु रहेको कम्पनीले जनाएको छ । दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तर्क्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने बताइएको छ।

दराज महोत्सव सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुतिको साथ मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहनेछ। दर्शकहरूले नृत्य ट्रुप्स र द अनएक्सपेक्टेड क्रुको अद्भुत नृत्य प्रस्तुति पनि पाउने छन् । महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक तथा मनै लोभ्याउने बस्तुहरुको प्रदर्शन पनि गरिनेछ।

दराज महोत्सव दराज एप भएका जो कोहीका लागि निस्शुल्क कार्यक्रम रहेको कम्पनीले जनाएको छ । आगन्तुकहरूले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउन आवश्यक छ।