८ बैशाख, २०८१ शनिबार

03:12:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध होः शिक्षामन्त्री

Nepal Business

२३ भदौ, २०७९

शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध होः शिक्षामन्त्री

काठमाण्डौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृतिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले आफ्ना मागहरुका बारेमा संवादबाटै सहमति र निकास खोज्न आह्वान पनि गर्नुभयो । मन्त्री पौडेलले पछिल्लो समयका नजिताहरु सन्तोषजनक नभएको भन्दै शिक्षण सिकाई प्रक्रियामा सुधार गर्नु महत्वपूर्ण चुनौती र आवश्यकता रहेको जिकिर गर्नुभयो । 

उहाँले पूर्ण साक्षर क्षेत्र घोषणा गर्न बाँकी रहेको स्थानहरुमा विभिन्न प्रकारका शिकाईहरुलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ । 

साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।