५ जेठ, २०८१ शनिबार

05:21:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जर्मनीलाई चेम्बरद्धारा लगानी गर्न आग्रह : जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा सहकार्य गर्न सकिने

Nepal Business

५ माघ, २०७८

जर्मनीलाई चेम्बरद्धारा लगानी गर्न  आग्रह : जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा सहकार्य गर्न सकिने

 

५ माघ । नेपाल चेम्बर अफ कमर्सले भौतिक पूर्वाधार र निर्यात प्रवद्र्धन गर्न सकिने खालका उद्योगमा लगानी गर्न जर्मनीसँग आग्रह गरेको छ । 

नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग बुधबार चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गर्नुभएको हो 

नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग बुधबार चेम्बर भवन जमलमा भएको भेटघाटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत्, पर्यटन, निर्यातमूलक उद्योगमा लगानी तथा सहकार्य गर्न आग्रह गर्नुभएको हो ।  भेटमा अध्यक्ष मल्लले जलाशाययुक्त जलविद्युत् आयोजनामा लगानीको सम्भावना रहेकाले जर्मनीका निजी क्षेत्रलाई अध्ययन भ्रमणका लागि बोलाउन राजदूत प्रिन्जसँग आग्रहसमेत गर्नुभयो ।

उहाँले पर्यटन क्षेत्रमा युरोपेली मुलुकलाई आकर्षित गर्न नेपालले विभिन्न अभियान चलाइरहेको बताउँदै काठमाडौँबाट युरोपमा सिधा उडान खुलाउनका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गर्नुभयो । काठमाडौँबाट सिधा उडान भएमा नेपालमा युरोपबाट धेरै पर्यटक घुम्न आउने उहाँको भनाइ थियो ।

कफी, पश्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानको जर्मनीलगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गर्नुपर्ने 

अध्यक्ष मल्लले कफी, पश्मिना, जडीबुटीजन्य तेल, हस्तकलाका सामानको जर्मनीलगायतका युरोपेली देशमा माग रहेकाले व्यापार सहजीकरण गर्नुपर्ने बताउनुभयो । सोही भेटमा राजदूत प्रिन्जले कोभिडलगत्तै विश्वमै पर्यटन गतिविधि बढ्ने भएकाले त्यसको अवसर खोज्नतर्फ नेपाल लाग्नुपर्ने बताउनुभएको थियो । काठमाडाँैं ‘फ्र्याङ्कफर्ट’ सिधा हवाई उडानका लागि नेपालले हवाई सुरक्षाको मापदण्ड पूरा गर्नुपर्ने राजदूत प्रिन्जको भनाइ थियो ।