१५ चैत, २०८० बिहिबार

08:14:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्व बजारमा कच्चा तेलको मूल्य सस्तियो

Nepal Business

२३ भदौ, २०७९

विश्व बजारमा कच्चा तेलको मूल्य सस्तियो

एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै तल्लो विन्दुमा झरेको छ। चीनमा कोभिड शून्य नीतिको द्रुत कार्यान्वयनका कारण कच्चा तेलको मूल्य ८ महिनाकै न्यून विन्दुमा झरेको हो । 

लगानीकर्ताहरुका अनुसार चीनमा कोभिड प्रतिबन्धका कारण तेलको विश्वव्यापी मागमा असर पर्ने अनुमान छ ।चीनका धेरै ठाउँमा लकडाउन लगाइएको छ । यसले विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको मागलाई असर गरेको छ ।

यसैबीच महँगी नियन्त्रण गर्न विभिन्न देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाइ गर्दा पनि तेलको मूल्य घटिरहेको विज्ञहरु बताउँछन । बुधबार कच्चा तेल डब्ल्यूटीआई करिब ६ प्रतिशतले घटेर ८३ डलर प्रतिब्यारेलमा झरेको थियो । यो मध्य जुलाईयता तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट हो । 

यसैगरी बिहीबार बिहान भने कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार बिहान ब्रेन्ट तेल ०.८१ प्रतिशत वा ०.७० डलरले बढेर ८८.६९ मा कारोबार भइरहेको छ ।