६ जेठ, २०८१ आइतबार

08:16:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

Nepal Business

२३ भदौ, २०७९

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । सुनको मूल्य उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले उकालो लागेको हो । 

बिहीबार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य तोलाको ९३ हजार थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँले बढेर ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर एक हजार एक सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।