९ मंसिर, २०८१ आइतबार
12:29:12 AM
२३ भदौ, २०७९
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (भदौ २३ गते बिहीबार )२० अर्बको रिपो जारी गर्ने भएको छ। १४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।
यो रिपो असोज ६ गते परिपक्क हुनेछ । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। उक्त रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज (बिहीबार) दिउँसो ३ बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन् ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।