६ जेठ, २०८१ आइतबार

08:16:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिशहोमले सार्वजनिक गर्यो १ वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने योजना

२२ भदौ, २०७९

डिशहोमले सार्वजनिक गर्यो १ वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने योजना

काठमाडौं । डिशहोमले १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सार्वजनिक गरेको छ । दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि उक्त योजना ल्याएको हो ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत १ वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउँनेछन् ।

योसँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एक जना ग्राहकले १ लाख जित्ने अवसर पाउछन् । हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ ।