९ मंसिर, २०८१ आइतबार

12:42:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि ल्यायो यस्तो अफर

२२ भदौ, २०७९

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि ल्यायो यस्तो अफर

काठमाडौं ।  प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छुट अफर ल्याएको छ। पिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड जिम) सँग सम्झौता गरेको हो।

भदौ १९ गते आइतबार भएको उक्त छुट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्।

एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छुट पाउने प्रभु क्यापिटलले जनाएको छ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट समझौताको मितिदेखि ३ महिनासम्म लिन सक्नेछन्।