९ मंसिर, २०८१ आइतबार
12:12:24 AM
२२ भदौ, २०७९
काठमाडौं । कुमारी बैंकले १० वर्षदेखि शून्य मौज्दातमा रहेका खाता बन्द गर्ने भएको छ । बैंकले १० वर्ष अघिदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बन्द गर्ने भएको हो ।
राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०७८ को इ.प्रा. निर्देशन नं १६ को बुदा नं (३) मा भएको व्यवस्था अनुसार बैंकमा खोलिएका खाता बन्द गर्न लागेकाले ३५ दिनभित्र सम्पर्कमा आउन बैंकले आग्रह गरेको छ ।
१० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरुको नाम नामेसी सहितको विवरण बैंकको वेबसाइट https://www.kumaribank.com/ मा राखिएको तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गरि आफ्नो खाता सुचारु गर्न सकिने समेत बैंकले जनाएको छ । बैंकले तोकिएको समयभित्र सुचारु नभएका खाताहरु प्रचलित नियमानुसार बन्द हुने जनाएको छ ।