६ जेठ, २०८१ आइतबार

08:16:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

२२ भदौ, २०७९

पठाओले ‘दशैं महोत्सव २०७९’ आयोजना गर्दै, बम्पर उपहारमा बजाज पल्सर र डिस्कभर

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानकालागि ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ ।

पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि उक्त महोत्सव आयोजना गरिएको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताउनुभयो ।  

दशैं महोत्सव अन्तर्गत तोकिएको प्रक्रिया पुरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजरेटर जस्ता विभिन्न आकर्षक पुरस्कारहरू जित्नुका साथै विविध क्वेस्टहरू पनि जित्न सक्ने हमालले जानकारी दिनुभयो ।

राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्र मार्फत छनौट गरि बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने छ ।

तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरि नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ ।

यस्तै, दशैँ महोत्सवको अवधि भरी निःशुल्क राइडरको रूपमा दर्ता हुन पाइने विजेताहरू हरेक हप्ता फेसबुक लाइभबाट घोषणा गरिनेछ ।