६ जेठ, २०८१ आइतबार

07:52:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लिम्टस केबल्सको वायरिङ दमदार, घर शानदार स्किम

Nepal Business

२२ भदौ, २०७९

लिम्टस केबल्सको वायरिङ दमदार, घर शानदार स्किम

काठमाण्डौं । क्वालिटीमा नं १ लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले यस चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ।

यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँको लिटमस केबल्स खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल https://www.litmus.com.np/consumerscheme मा पठाउनु पर्नेछ ।

कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् । बिजेताले जितेको पुरस्कार धोषित भएको ३ देखि ५ दिन भित्र पाउन सक्नेछन र उक्त पुरस्कारको वितरण नजिकको डिलर र रिटेलबाट गरिनेछ । 

थप जानकारीको लागि ९८०१९१४४५५÷९८०१९१२०१७ लिट्मस केबल्सको फेसबुक पेज वा भाइबरमा लिट्मस केबल सर्च गरेर सम्पर्क गर्न सकिनेछ । यो योजन २० भालौदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुनेक छ ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । कम्पनीले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको कम्पनीको दावी छ। 

लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समुह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ।