९ मंसिर, २०८१ आइतबार
12:39:18 AM
२२ भदौ, २०७९
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका ४ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९३ हजार ४ सय ७ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएको हुनाले उक्त सेयर बुधबारदेखि बिक्री गर्न लागेको जनाइएको छ ।
बैंकले संस्थापक सेयरधनी सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेश राज रेग्मीले ११ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुन ैपनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।