९ मंसिर, २०८१ आइतबार
12:15:39 AM
२१ भदौ, २०७९
काठमाडौं । संसदमा बन्द रहेको रसुवा र तातोपानी नाका खुलाउन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाका (रसुवा र तातोपानी नाका) को समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
उहाँले चीनसँगका रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताउनुभएको छ । चाडपर्वका लागि आयात गरिएका सामान लामो समयसम्म सीमा नाकामा रोकिँदा व्यवसायी मर्कामा परेको भन्दै उहाँले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नाका बन्द हुँदा व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेको जनाउदै सांसद कोइरालाले सो विषयमा कुटनीति पहल गर्न आग्रह समेत गर्नुभएको छ ।