९ मंसिर, २०८१ आइतबार
12:23:40 AM
२१ भदौ, २०७९
काठमाण्डौं । बैंक अफ काठमाण्डूले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ‘ई–कमर्श’ कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।
बैंकको कार्डबाहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेका ग्राहकहरुले कारोबार गर्नु भएको रकमको १० प्रतिशत वा अधिकतम् एक हजार पाँच सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन् ।
यस नगदफिर्ता योजना बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ ।
कारोबार रकम १० हजार वा सो भन्दा बढि रकम हुनपर्नेछ । यदि कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् ।