९ मंसिर, २०८१ आइतबार

12:49:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम शाखा सञ्चालनमा

Nepal Business

२१ भदौ, २०७९

 ग्लोबल आइएमई बैंकको नयाँ एटिएम शाखा सञ्चालनमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ ।

उक्त एटिएम सेवाको समुद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको हो । 

एटिएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताउनुभएको थियो । कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।