९ मंसिर, २०८१ आइतबार
12:32:46 AM
२१ भदौ, २०७९
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा हिजो (भदौ २० गते, सोमबार) सम्पन्न भएको हो ।
उक्त सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड रूपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।
साथै सभाले कम्पनिको आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित गरेको छ ।