९ मंसिर, २०८१ आइतबार
12:50:10 AM
२१ भदौ, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले हजार रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको हो ।
राष्ट्र बैंकका अनुसार १ हजार रुपैयाँ दरको ४३० मिलियन अर्थात् ४३ करोड वटा नोट छाप्न टेण्डर आह्वान गरेको जनाएको छ । राष्ट्र बैंकले सूचना प्रकाशन भएको मितिले ४६ औ दिनको दिउँसो १२ बजे भित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ । राष्ट्र बैंकले प्रस्तवा पेश गर्दा ४ करोड १५ लाख धरौटी राख्नु पर्ने जनाएको छ ।
यस टेण्डरमा १० वटा कम्पनीले मात्र सहभागिता जनाउन सक्ने छन् । नोट छाप्नको लागि निवेदन पेश गरेका मध्ये १० वटा कम्पनी मात्र योग्य रहेको भन्दै ति कम्पनीको सूची गत वर्ष नै सार्वजनिक गरेको थियो ।
अब नोट छाप्नको लागि ति १० कम्पनीले मात्र टेण्डर प्रक्रियामा सहभागी हुन पाउने छन् । सबै भन्दा कम मूल्य कबुल गर्नेलाई राष्ट्र बैंकले नोट छाप्ने ठेक्का दिने छ ।