९ मंसिर, २०८१ आइतबार

12:41:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी बैंकको ॠणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

२१ भदौ, २०७९

कुमारी बैंकको ॠणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ मा आवेदन दिने म्याद थपिएको छ । अब बैंकको ॠणपत्रमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न लागेको  छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।