१६ चैत, २०८० शुक्रबार

04:29:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालक कारवाहीमा

Nepal Business

२१ भदौ, २०७९

काठमाण्डौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालक कारवाहीमा

काठमाण्डौं ।  काठमाण्डौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित क्षेत्रमा हर्न बजाउने २४१, नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १४१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।