६ जेठ, २०८१ आइतबार

05:37:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्ने क्रम जारी, तोलामा तनी सयले बढ्यो

Nepal Business

२१ भदौ, २०७९

सुनको मूल्य बढ्ने क्रम जारी, तोलामा तनी सयले बढ्यो

काठमाण्डौं । सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । 

महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार सात सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार दुई सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार एक सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।