६ जेठ, २०८१ आइतबार

05:37:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सी सिरिज अन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक

Nepal Business

२१ भदौ, २०७९

सी सिरिज अन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक

काठमाण्डौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियमर अति किफ्mायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ । 

कम्पनीका अनुसार  १६ हजार ९९९ रुपैयाँमा मा उपलब्द यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइश भन्नुहुन्छ, ‘उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले C–सिरिज निकालेका छौं । उपभोक्ताहरूको समस्याहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सी२१ प्लस डिजाइन गरिएको छ । एन्ड्रोइड ११ (Go edition™) मा १३MP HDR–संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभइ पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु ।’

स्लिम डिजाइनमा भरपर्दो ब्याट्री
आकर्षक लुक र लामो समयसम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया C21 प्लस 5050 mAh  ब्याट्री साइजमा समावेश गरिएको छ । यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ ।

बलियो र कडा परीक्षण गरिएको यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि मूल्याङ्कन गरिएको छ।

प्रख्यात सुरक्षा स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ । सी–सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ। थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्ष्या सुनिश्चित गर्दछ।

क्लिन ओएस

नोकिया C21 प्लस एन्ड्रोइड ज्ञज्ञ (11 -Go edition™), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ । न्यूनतम प्रीलोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ ।

कम्पनीका अनुसार ३÷३२ न्द्य स्टोरेज रअन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोनको मूल्य १६ हजार ४९९ रुपैयाँ रहेको छ ।