९ मंसिर, २०८१ आइतबार
12:19:44 AM
२० भदौ, २०७९
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा निवेदन दिन आग्रह गरेको छ ।
उक्त तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।