१७ कार्तिक, २०८१ शनिबार

12:14:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धि फाइनान्सको नयाँ शाखा इटहरीमा

२० भदौ, २०७९

समृद्धि फाइनान्सको नयाँ शाखा इटहरीमा

काठमाडौं । समृद्धि फाइनान्सले इटहरीमा शाखा कार्यालय स्थापना गरेको छ। कम्पनीले आफ्नो छैटौँ शाखा इटहरी स्थापना गरेको हो । एक कार्यक्रमबिच प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं १ कार्यालयकी प्रमुख मिना पाण्डे, एटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वार्ड ६ का वार्डअध्यक्ष दिवश पोख्रेलसहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको उद्घाटन गरिने बताउनुभएको छ ।