२१ बैशाख, २०८१ शुक्रबार

12:49:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि तथा पशुपन्छी बीमाबाट २१ करोड भन्दाबढी बीमाशुल्क संकलन, कुन प्रदेशमा कति ?

Nepal Business

२० भदौ, २०७९

कृषि तथा पशुपन्छी बीमाबाट २१ करोड भन्दाबढी बीमाशुल्क संकलन, कुन प्रदेशमा कति ?

काठमाण्डौं । एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट २१ करोड भन्दाबढी बीमाशुल्क संकलन गरेका गरेका छन् ।

बीमा समितिका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा कम्पनीहरुले १६ हजार ४६४ वटा बीमालेख बिक्री गरी २१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

कृषि तथा बाली बीमा गर्नेहरुको संख्या घटेसँगै बीमा शुल्क संकलन पनि घटेकोे छ । निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशले सबैभन्दा धेरै ६ हजार ४५५ बीमालेख बिक्री गरी ९ करोड २६ लाख २४ हजार रुपैयाँ बीमाशुल्क आर्जन आर्जन गरेको छ । 

सो अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट २ हजार ५०३ बीमालेख बिक्री गरी २ करोड ७१ लाख ८६ हजार रुपैयाँ, मधेश प्रदेशबाट २ करोड १७ लाख ७९ हजार रुपैयाँ, गण्डकी प्रदेशबाट १ हजार ९९१ बीमालेख बिक्री गरी २ करोड ५९ लाख ५० हजार रुपैयाँ, लुम्बिनी प्रदेशबाट ३ अर्ब ४३ करोड १८ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ३७ लाख ३६ रुपैयाँ र ५५ लाख १७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।