९ मंसिर, २०८१ आइतबार
12:52:09 AM
२० भदौ, २०७९
काठमाण्डौं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ्ग) हरि प्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्र प्रसाद भट्टले हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।