९ मंसिर, २०८१ आइतबार
01:02:52 AM
२० भदौ, २०७९
काठमाडौं । अब सिद्धार्थ बैंकले पनि सीआस्बा शुल्क नलिने भएको छ । बैंकले एक सूचना जारी गर्दै सीआस्बा सेवा निःशुल्क गरिएको जानकारी गराएको हो। अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आईपीओ भर्दा कुनै पनि सीआस्बा शुल्क तिर्नुपर्ने छैन।
यसअघि बैंकले ग्राहकबाट आईपीओ भर्दा १० रुपैयाँ सीआस्बा शुल्क लिँदै आएको थियो। सिद्धार्थ बैंकले सीआस्बा सेवा निःशुल्क प्रदान गरेसँगै आईपीओ भर्दा ग्राहकबाट कुने शुल्क नलिने बैंकको संख्या ७ पुगेको छ। हाल राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले सीआस्बा सेवा निःशुुल्क प्रदान गर्दै आएका छन्।
पछिल्लो समय सी–आस्वाको सेवा बापत बैंकहरूले लिने गरेका शुल्कमा लगानीकर्ताहरूको गुनासो गरिरहेका थिए । लगानीकर्ताहरूको गुनासोलाई मध्ये नजर गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि बोर्डले सी–आस्वाको सेवा प्रदान गरेबापत बैंकहरुलाई अधिकतममा १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो।