९ मंसिर, २०८१ आइतबार

12:30:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्को सातादेखि नयाँ नोट सटही गर्न सकिने, कहाँ–कहाँबाट साट्न मिल्छ ?

Nepal Business

२० भदौ, २०७९

अर्को सातादेखि नयाँ नोट सटही गर्न सकिने, कहाँ–कहाँबाट साट्न मिल्छ ?

काठमाण्डौं । हरेक वर्ष दसैँका अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्छ । यस वर्ष पनि दसैँका अवसरमा नयाँ नोट सटही गर्ने भएको छ ।

बैंकका अनुसार राष्ट्र बैंकले अर्को सातादेखि आइतबार २६ गतेदेखि नयाँ नोट सटही गर्ने लागेको राष्ट्र बैकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । 

उहाँले दसै, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने बताउनुभयो । 

प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बण्डल नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकमार्फत् नयाँ नोट साट्न सकिने छ ।

दसैँ तिहारलाई लक्षित गरेर सटहीका लागि १० अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट राखिएको राष्ट्र बैंकले जनाएको छ ।