२० बैशाख, २०८१ बिहिबार

11:01:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Nepal Business

२० भदौ, २०७९

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाण्डौं । सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँले उकालो लागेको छ । 

सोमबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार छ सय रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।